आईएमई पेको ‘स्मार्ट हेल्थ–सुरक्षित भव:’ डिजिटल बीमा याेजना

 फागुन ११, २०८० शुक्रबार १३:४२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईएमई पेले ‘स्मार्ट हेल्थ–सुरक्षित भव:’ डिजिटल बीमा योजना सार्वजनिक गरेको छ । आईजीआई प्रुडेन्शियल इन्स्योरेन्स सँगको सहकार्यमा आईएमई पेले नयाँ बीमा योजना सार्वजनिक गरेको हो ।

आईएमई पे मार्फत प्राप्त गर्न सकिने यो सेवाबाट ग्राहकले व्यक्तिगत दुर्घटना बीमा अन्तर्गत बिमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक चोटपटक वा मृत्युसम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा प्रदान गर्दछ।

३ सय ६५ रुपैयाँमा प्राप्त गर्न सकिने यो सेवा मार्फत उपचारको क्रममा लाग्ने दुई लाख तीस हजार रुपैयाँसम्मको बीमा दाबी प्राप्त गर्न सक्नुका साथै बिमित व्यक्तिले आईएमई पे एपमा उपलब्ध अन्य स्वास्थ्य सेवामा पनि विभिन्न छुटहरू प्राप्त गर्न सक्ने छन् ।

यस व्यक्तिगत दुर्घटना बीमाले दुर्घटनाबाट हुने आकस्मिक मृत्यु, स्थायी असक्षमता, कुल आंशिक असक्षमता, नियमित आम्दानीमा हुने हानी, आकस्मिक चिकित्सा खर्च, शोक व्यय तथा अन्त्येष्टि खर्चहरू समेत समेटेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया