सुनचाँदीकोे भाउ घट्यो

 फागुन १४, २०८० सोमबार १२:८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनचाँदीकोे भाउ आज घटेको छ । हप्ताको पहिलो दिन हिजो तोलाको एक लाख १८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज दुई सय रुपैयाँले घटेर एक लाख १८ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि तोलाको पाँच रुपैयाँले घटेर एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार चार सय रुपैयाँ रहेको थियो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया