लुम्बिनीमा प्राङ्गारिक कृषिउपजको बजार बढेसँगै उत्पादन बढाउनु पर्ने देखियो

 फागुन १४, २०८० सोमबार १२:९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – लुम्बिनी प्रदेशमा प्राङ्गारिक कृषिउपजको बजार बढ्दै गएकाले यसको उत्पादन पनि बढाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । पछिल्लो समयमा विश्वसँगै नेपालभित्रै पनि रैथाने र प्राङ्गारिक कृषि वस्तुको माग बढ्दै गएको सरोकारवाला तथा विज्ञले बताएका छन् ।

बुटवल उद्योग वाणिज्य महासङ्घका कायममुकायम प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र जोशीले रैथाने र प्राङ्गारिक कृषि वस्तुको बजार बढ्दै गएकाले अहिले भइरहेको प्राङ्गारिक उत्पादनले बजार माग पूरा गर्न नसक्ने हुनाले उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो ।

बिस्तारै यसको बजार अझै बढ्दै जाने भएकाले किसानले उत्पादन गर्ने कृषिउपजलाई प्राङ्गारीकरण गर्दै जानुपर्ने उहाँको भनाइ छ । प्राङ्गारिक उत्पादन नेपालको माटो सुहाउँदो कुरा पनि भएकाले यसको माग बढ्दै जाँदा त्यसबाट किसानले पनि लाभ लिन सक्नेछन् । यसले उत्पादन लागत पनि घटाउँछ भने मलखाद नपाउने समस्या पनि नरहने देखिन्छ ।

तर प्राङ्गारिक हो भन्ने कुराको प्रमाणीकरणको प्रबन्ध मिलाउनुपर्ने किसानले बताएका छन् । प्राङ्गारिक प्रमाणीकरण नहुँदा अप्राङ्गारिकलाई पनि प्राङ्गारिक भनेर उपभोक्ता झुक्याउने सम्भावना रहेकाले त्यसको व्यवस्था सरकारले मिलाउनुपर्ने उनीहरुले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया