सुनचाँदीको भाउ घट्यो

 फागुन १६, २०८० बुधबार १२:३३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनचाँदीको भाउ घटेको छ । सुन तोलामा एक सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो एक लाख १८ हजार तीन सय रहेको सुन आज एक लाख १८ हजार दुई सयमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले घटेको छ । हिजो एक हजार तीन सय ८० रुपैयाँ रहेको चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँ तोकिएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया