नयाँ गठबन्धन : सिद्धान्त र नागरिकको हितमा केन्द्रित हुन बुद्धिजीवी एवम् राजनीतिक विश्लेषकहरुकाे सुझाव

 फागुन २३, २०८० बुधबार १२:३६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नयाँ गठबन्धनलाई सिद्धान्त र नागरिकको हित हुने काममा केन्द्रित हुन बुद्धिजीवी एवम् राजनीतिक विश्लेषकहरुले सुझाव दिएका छन् । दलहरु मिलेर नै काम गर्न सकेमा सबै पक्षलाई सकारात्मक प्रभाव पर्ने उनीहरुको विचार छ ।

आम नागरिकका जल्दाबल्दा समस्याको सम्बोधन, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि संविधानको मर्म र भावनालाई आत्मसात गरी सहकार्य गर्नु नै उचित हुने उहाँहरूको भनाइ छ । पदीय भागबण्डाको स्वार्थमा मात्रै ध्यान दिएमा नागरिकमा निराशा थप बढ्न सक्ने राजनीतिक विश्लेषक गेहेन्द्रलाल मल्ल बताउनुहुन्छ । राजनीतिक उतारचढावकाबीच अघिल्लो वर्ष ‘पुष १०’ को घटनाक्रम दोहोरिएर अहिले एमाले र माओवादी केन्द्रको अगुवाइमा नयाँ सत्ता गठबन्धन बनेको छ ।

नेपाली कांग्रेससँगको गठबन्धन तोडेर माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले नयाँ गठबन्धन गरेका छन् । ती दलले सरकार विस्तार तथा साझा न्यूनतम कार्यक्रमका लागि आपसी गृहकार्य र अन्य दलसँग पनि सम्वाद अगाडि बढाएका छन् ।

वामपन्थी बुद्धिजीवी श्याम श्रेष्ठले सिद्धान्त, विचार र कार्यक्रमका आधारमा सहयात्रा गर्न कार्यदलस्तरमा तयारी गरेर लिखित दस्तावेजका साथ आएमा यो गठबन्धन दिगो बन्न सक्ने बताउनुहुन्छ । नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष प्रा डा दिनेशचन्द्र देवकोटाले विकसित राजनीतिक घटनाक्रमले वाम, लोकतान्त्रिक र रुपान्तरणकारी शक्तिलाई सहयात्रामा ल्याएको टिप्पणी गर्नुभयो ।

वाम विश्लेषक झलक सुवेदीले प्रचण्ड र ओलीले विगतका तितोपिरो तुसलाई भुलेर नयाँ गठबन्धन टिकाउन सकेमा यसले सकारात्मक रुप लिने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया