प्रतिनिधि सभामा आज प्रधानमन्त्री प्रचण्डको सम्बोधन

 फागुन २४, २०८० बिहिबार १२:१४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्नुहुने भएको छ । नियमित कार्यसूचीमा प्रधानमन्त्री प्रचण्डको सम्बोधनको तालिका नभए पनि उहाँले आग्रह गरेकाले सम्बोधनका लागि समय छुट्याइएको संसद् सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नयाँ सत्ता समीकरण बनाएपछि प्रचण्डले समसामयिकलगायत विभिन्न विषयमा संसदमार्फत जानकारी गराउन लाग्नुभएको हो ।

आजै राष्ट्रिय सभाको बैठक पनि बस्दैछ । राष्ट्रिय सभाको आजको बैठकमा गएको माघमा भएको चुनावबाट निर्वाचित भएर आएका १९ जना सदस्य पहिलो पटक सहभागी हुनेछन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया