नाइजेरियामा बन्धुकधारीले २ सय ८० जना भन्दा धेरै विद्यार्थी अपहरण गरे

 फागुन २५, २०८० शुक्रबार ९:१२:१९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – नाइजेरियामा बन्दुकधारीको एक समूहले २ सय ८० जना भन्दा धेरै विद्यार्थीको अपहरण गरेको छ । नाइजेरियाका अधिकारीहरूले उत्तरपश्चिमी सहर कुरिगामा बन्दुकधारीहरूले २ सय ८० भन्दा बढी विद्यालयका बालबालिकालाई अपहरण गरेको बताएका बीबीसीले जनाएको छ ।

बिहान विद्यालयको प्राथना चलिरहँदा मोटरसाइकलमा सवार बन्दुकधारी विद्यालयमा प्रवेश गरेको प्रत्यक्षदर्शीले बताएका छन् । अपहरणमा परेका बालबालिकाको उमेर ८ देखि १५ वर्ष रहेको उनले बताए ।

एक शिक्षक पनि अपहरणमा परेका छन् । कडुना राज्यका गभर्नर उबा सानीले यस घटनाको पुष्टि गरेका छन् । अपहरणकारी गिरोहहरूले नाइजेरियामा विगत केही वर्षहरूमा विशेष गरी देशको उत्तर–पश्चिमी भागमा सयौँ मानिसहरूलाई अपहरण गरेका छन् ।

कादुनाका गभर्नर उबा सानीले सरकारी माध्यमिक विद्यालयका १ सय ८७ र स्थानीय प्राथमिक विद्यालयका १ सय २५ विद्यार्थी बेपत्ता भएको बताएका छन् । तर तीमध्ये २५ जना फर्किसकेका छन्।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया