टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपाली खेलाडीको राम्रो सुधार

 फागुन २६, २०८० शनिबार ६:३५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ टी–२० अन्तराष्ट्रिय वरीयतामा नेपाली खेलाडीले ब्याटिङ र अलराउन्डर दुवैतर्फ राम्रो सुधार गरेका छन् । ब्याटिङतर्फ रोहित पौडेलले एकै पटक ३६ स्थान सुधार गर्दै ५४ औँ स्थानमा आएका छन् ।

त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३१ स्थान सुधार गर्दै ७० औँ स्थानमा छन् । अलराउन्डरतर्फ दीपेन्द्रसिंह ऐरीले एकै पटक ४८ स्थान सुधार गर्दै २७ औँ स्थानमा आएका छन् । कुशल मल्ल २७ स्थान सुधार गर्दै ३५ औँ स्थानमा छन् । अलराउन्डरतर्फ गुलशन झा २२ स्थान सुधार गर्दै ७२ औँ स्थानमा छन् ।

यस्तै अलराउन्डरतर्फ करण केसी २४ स्थान सुधार गर्दै ८१ औं स्थानमा छन् । अलराउन्डरतर्फ रोहित पौडेलले एकै पटक ८८ स्थान सुधार गर्दै ९२ औँ स्थानमा छन् । टी–२० अन्तराष्ट्रिय वरीयतामा नेपाल १६ औँ स्थानमा यथावत छ ।

एक दिवसीयतर्फ नेपाल १५ औँ स्थानमा यथावत छ । एक दिवसीय ब्याटिङ वरीयतामा कुशल भुर्तेलले एक स्थान सुधार गर्दै ७७ औँ स्थानमा छन् । आसिफ शेख ७३ औँ र रोहित पौडेल ९५ औँ स्थानमा यथावत छन् । दीपेन्द्र ओडीआईको नयाँ बलिङ वरीयतामा एक स्थान सुधार गर्दै ६३ औं स्थानमा छन् ।

सोमपाल कामी ८० औँ र ललित राजवंशी ५४ औँ स्थानमा यथावत छन् । ओडीआई अलराउन्डरतर्फ दीपेन्द्रले एक स्थान सुधार गर्दै ४६ औँ स्थानमा छन् । सोमपाल कामी ५५ औँ र कुशल मल्ल ५१ औँ स्थानमा यथावत छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया