भारतीय नागरिकलाई रुसी सेनामा पठाउने गिरोहका केही व्यक्ति पक्राउ

 फागुन २६, २०८० शनिबार ९:४९:२२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – भारतको केन्द्रीय जाँच ब्युरो (सीबीआई)ले भारतीय नागरिकलाई रुसी सेनामा पठाउने तस्करहरुको सञ्जालका केही सदस्यलाई पक्राउ गरेको जनाएको छ । १३ वटा कम्पनीमा छापा मार्दा सङ्गठित नेटवर्कका रुपमा काम गरिरहेका केही व्यक्तिलाई पक्राउ गरेको सीबीआईले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

रुसी सेनामा भर्ना भएर युक्रेनमा लडिरहेका कम्तीमा दुई जना भारतीय नागरिकको ज्यान गएको सीबीआईलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । रुसी सेनामा भर्ना भएका केही भारतीयले गएको महिना अग्रिम मोर्चामा पठाइनुअघि उनीहरूलाई झुटो बहानामा युद्धको अग्र पङ्क्तिमा पठाएको बताएका छन् ।

तस्करहरुले भारतीय नागरिकलाई राम्रो तलब भएको कामको प्रलोभन देखाउने र रुस पुर्‍याएपछि सेनामा भर्ना गराउने गरेको पाइएको सीबीआईको विज्ञप्तिमा उल्लेख छ । भारतीय विदेश मन्त्रालयले रुसी सेनामा रहेका झण्डै २० जना भारतीय नागरिकलाई फिर्ता ल्याउन पहल भइरहेको बताएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया