बाबर हायातकाे शतकमा हङकङले दियाे नेपाललाई २ सय १३ रनकाे लक्ष्य

 फागुन २६, २०८० शनिबार १३:१३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एकमात्र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हङकङले नेपाललाई २ सय १३ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदान मोङ कोकको मिसन रोड ग्राउन्डमा टस हारेर ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनायो । हङकङका बाबर हायातले शतक बनाएर । बाबर ४९ बलमा १ सय १० रन बनाएर आउट भए । नेपालका आकाश चन्दले ३ विकेट लिए । आकाशले आजको खेलमा नेपालबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हुन् ।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच भोलिदेखि त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला शुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसँग एकमात्र खेलको फ्रेन्डशिप कप खेलेको हो ।
त्रिदेशीय टी–२० शृङ्खलामा नेपालले पहिलो खेल भोलि हङकङसँग खेल्नेछ । यस्तै नेपालले फागुन २९ गते पपुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते शृङ्खलाको फाइनल खेल हुनेछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया