पाँचाैँ टेस्ट क्रिकेटमा भारतले इङ्ग्ल्यान्डलाई एक पारी र ६४ रनले हरायाे

 फागुन २६, २०८० शनिबार १५:२०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – पाँचौँ तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले इङ्ग्ल्यान्डलाई एक पारी र ६४ रनले हराएको छ । योसँगै भारतले पाँच खेलको टेस्ट शृङ्खला ४–१ ले जितेको छ ।

पहिलाे पारीमा २ सय ५९ रनले पछि परेकाे इङ्ग्ल्यान्ड दोस्रो पारीमा तेस्रो दिनको खाना समयपछि १ सय ९५ रनमा अल आउट भयो । इङ्ग्ल्यान्डका जोए रुटले सबैभन्दा धेरै ८४ रन बनाए । भारतका रविचन्द्रश अश्विनले ५ विकेट लिए ।

यसअघि हिमाचल प्रदेशको धर्मशालामा टस जितेर ब्याटिङ गरेको इङ्ग्ल्यान्डले पहिलो पारीमा २ सय १८ रन बनाएको थियो । इङ्ग्ल्यान्डका ज्याक क्रलीले ७९ रन बनाए । भारतका कुलदीप यादवले ५ र रविचन्द्रन अश्विनले ४ विकेट लिए ।

भारतले पहिलो पारीमा ४ सय ७७ रन बनाएको थियो । भारतका कप्तान रोहित शर्मा र शुभमन गिलले शतक बनाए भने यशस्वी जयसवाल, देवदत्त पडिकल र सरफराज खानले अर्धशतक बनाए । इङ्ग्ल्यान्डका शोएब बशिरले ५ विकेट लिए ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया