त्रिदेशीय टी–२० शृङ्खलामा नेपालले आज घरेलु टोली हङकङसँग खेल्दै

 फागुन २७, २०८० आइतबार ६:२९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –त्रिदेशीय टी–२० शृङ्खलामा नेपालले आज घरेलु टोली हङकङसँग खेल्दैछ । खेल मोङ कोकमा नेपाली समयअनुसार अनुसार बिहान सवा ११ बजेदेखि शुरु हुनेछ । शृङ्खलामा नेपाल, हङकङ र पपुवा न्यूगिनी (पीएनजी) रहेका छन् ।

खेल तालिका अनुसार पर्सि मंगलवार पीएनजीले नेपाल र हङकङ दुवै टोलीसँग खेल्नेछ । बुधवार फाइनल खेल हुनेछ । तालिकामा तेस्रो हुने टोलीले हङकङ ‘ए’ सँग टी–२० खेल्नेछ । क्यानले यसअघि नै युवा खेलाडी समेटेर टी–२० खेल्ने टोलीको घोषणा गरेको थियो ।

नेपाल रोहित पौडेलको कप्तानीमा हङकङ भ्रमणमा छ । प्रशिक्षक मोन्टि देशाइले दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, अनिल शाह र ललित नारायण राजवंशीलाई विश्राम दिएका छन् । हिजो हङकङसँगको भएको एकमात्र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ७३ रनले पराजित भएको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया