आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा : युनाइटेडले एभर्टनलाई हरायो

 फागुन २७, २०८० आइतबार ६:२९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डलाई २–१ ले हराउँदै आर्सनल अङ्कतालिकाको शीर्ष स्थानमा पुगेको हो ।

आर्सनलका डेकलन राइसले खेलको १९ औँ मिनेटमा र काई हार्भाटेर्जले ८६ औँ मिनेटमा गोल गरे । बे्रन्टफोर्डका योआन विस्साले खेलको पहिलो हाफको अन्ततिर गोल गरे ।

जितसँगै शीर्षस्थानमा पुगेको आर्सनलको २८ खेलमा ६४ अङ्क भएको छ । दोस्रो र तेस्रो स्थानमा रहेका लिभरपुल र म्यानचेस्टर सिटीको समान २७ खेलमा ६३ र ६२ अङ्क रहेको छ ।

प्रिमियर लिगमा आज लिभरपुल र म्यानचेस्टर सिटी खेल्दैछन् । यो खेल आजराति साढे ९ बजे शुरु हुनेछ ।

हिजो भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई २–० ले हराएको छ । युनाइटेडका ब्रुरुनो फर्नान्डेज र मार्कुस रार्सफर्डले एक/एक गोल गरे । दुवै गोल पेनाल्टीमा भएका हुन् ।

ब्रुरुनोले खेलको १२ औँ र मार्कुसले ३६ औँ मिनेटमा गोल गरेका हुन् । जितसँगै युनाइटेडको २८ खेलमा ४७ अङ्क भएको छ । युनाइटेड तालिकाको छैटाैँ स्थानमा छ । एभर्टन २८ खेलमा २५ अङ्कसहित १६औँ स्थानमा छ ।

हिजो भएका अरु खेलमा उल्भ्सले फुलहमलाई २–१ गोलले हराएको छ भने क्रिस्टल प्यालेस र लुटन टाउनले एक/एक गोलको तथा बर्नमाउथ र सेफिल्ड युनाइटेडले २/२ गोलको बराबरी खेलेका छन् ।

आज एस्टनभिल्ला र टोटनहम, वेस्ट ह्याम र बर्नली तथा ब्राइटन र नटिङघम फरेस्टबीच पनि खेल हुनेछ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया