स्वीडेन र क्यानडाले प्यालेस्टिनी शरणार्थीहरूका लागि राष्ट्रसङ्घको एजेन्सीलाई पुन: सहायता शुरु

 फागुन २७, २०८० आइतबार ७:५:२७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – स्वीडेन र क्यानडाले प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्र सङ्घको एजेन्सी यूएनआरडब्ल्यूएलाई पुनः सहायता प्रदान गर्न शुरु गरेका छन् । गएको अक्टोबर ७ मा १२ सय जनाको ज्यान जानेगरी प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा यूएनआरडब्ल्यूएका कम्तीमा १२ जना कर्मचारी संलग्न भएको आरोप लगाएपछि क्यानडा र स्वीडेनलगायत १६ वटा देशले एजेन्सीलाई आर्थिक सहयोग रोकेका थिए ।

संयुक्त राष्ट्रसङ्घको एजेन्सीले आफ्ना कर्मचारी र खर्चको थप कडा अनुगमन गर्ने वाचा गरेपछि स्वीडेनले प्रारम्भिक रुपमा १९ मिलियन सहायता पठाउने बताएको छ । विज्ञप्तिमा स्वीडेन सरकारले सन् २०२४ मा सहायताका लागि ३८ मिलियन डलरको कोष विनियोजन गरेको उल्लेख छ ।

क्यानाडाले पनि यूएनआरडब्ल्यूएलाई कोष पुनः शुरु गरिरहेको छ । यस्तै, अस्ति मात्रै अमेरिकाले अमेरिकी सेनालाई समुद्री मार्गबाट गाजामा सहायता सामग्री पुर्‍याउन बन्दरगाह निर्माण गर्न निर्देशन दिएको थियो ।

अक्टोबर ७ तारिखको हमलाको विरोधमा इजरायलले हमास नियन्त्रित क्षेत्र गाजामा अन्धाधुन्ध आक्रमण गरिरहेको छ । अहिलेसम्म झण्डै ३१ हजार जना मारिएका छन् । अस्पताल समेत ध्वस्त भएका छन् । खाना र पानीको अभावमा कयौँ नागरिकको अवस्था नाजुक बन्दै गएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया