पाकिस्तानको राष्ट्रपतिमा आसिफ अली जरदारी विजयी

 फागुन २७, २०८० आइतबार ९:२१:५२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – पाकिस्तानको राष्ट्रपतिमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी विजयी हुनुभएको छ । पाकिस्तानको निर्वाचन आयोगका अनुसार जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचक मण्डलबाट ४ सय ११ मत ल्याएर विजयी हुनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएकाे छ । 

जरदारीले सिनेट र नेसनल एसेम्बलीलगायत संसद्को दुई सदनको संयुक्त सत्रमा २ सय ५५ मत प्राप्त गर्नुभएको छ । पूर्वी पञ्जाब प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट ८ मत, दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट ४७ मत र दक्षिणी सिन्ध प्रान्तबाट ५८ मत प्राप्त गर्नुभएको हो ।

जरदारीका प्रतिस्पर्धी विपक्षी दलको संयुक्त गठबन्धनका उम्मेदवार महमुद खान अचकजाईले कुल १ सय ८१ मत प्राप्त गर्नुभयो । निवर्तमान राष्ट्रपति आरिफ अल्वी अस्ति शुक्रवार बिदाइ हुनुभएको हो ।

६८ वर्षीय जरदारी सन् २००८ देखि २०१३ सम्म ११ औँ राष्ट्रपति हुनुभएको थियो । जरदारी राष्ट्रपतिमा पदमा दोस्रो पटक निर्वाचित हुनुभयो । गएको फेब्रुअरीमा भएको आम चुनावमा उहाँ राष्ट्रिय सभा सदस्य निर्वाचित हुनुभएको थियो । राष्ट्रपतिमा विजयी भएसँगै उहाँले राष्ट्रिय सभाबाट राजीनामा दिनुपर्नेछ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया