प्रिमियर लिगमा आज लिभरपुल र म्यानचेस्टर सिटी खेल्दै

 फागुन २७, २०८० आइतबार १०:८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज उपाधि दाबेदारीमा रहेका लिभरपुल र म्यानचेस्टर सिटी खेल्दैछन् । यो खेल आजराति साढे ९ बजे शुरु हुनेछ ।

दोस्रो र तेस्रो स्थानमा रहेका लिभरपुल र म्यानचेस्टर सिटीको समान २७ खेलमा ६३ र ६२ अङ्क रहेको छ । आज लिभरपुलले जितेमा २८ खेलमा ६६ अङ्कका साथ शीर्ष र सिटीले जितेमा ६५ अङ्कका साथ शीर्ष स्थानमा पुग्नेछ । बराबरी भएमा भने आर्सनल नै शीर्ष स्थानमा रहनेछ ।

गएराति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई हराउँदै अङ्कतालिकाको शीर्ष स्थानमा पुगेको छ । आर्सनलको २८ खेलमा ६४ अङ्क छ । आजै एस्टनभिल्ला र टोटनहम, वेस्ट ह्याम र बर्नली तथा ब्राइटन र नटिङघम फरेस्टबीच पनि खेल हुनेछ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया