हङकङसँगकाे खेलमा नेपाल टस जितेर बलिङ गर्दै, करण केसीले पहिलाे बलमै विकेट लिए

 फागुन २७, २०८० आइतबार ११:२४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिदेशीय टी–२० शृङ्खलाअन्तर्गत हङकङसँगकाे पहिलाे खेलमा नेपालले टस जितेकाे छ । मोङ कोकमा टस जितेर नेपालले बलिङ गरिरहेकाे छ । नेपालका करण केसीले खेलकाे पहिलाे बलमै विकेट लिए ।

शृङ्खलामा नेपाल, हङकङ र पपुवा न्यूगिनी (पीएनजी) रहेका छन् । तालिकाअनुसार पर्सि मङ्गलवार पीएनजीले नेपाल र हङकङ दुवै टोलीसँग खेल्नेछ । बुधवार फाइनल खेल हुनेछ । तालिकामा तेस्रो हुने टोलीले हङकङ ‘ए’ सँग टी–२० खेल्नेछ ।

क्यानले यसअघि नै युवा खेलाडी समेटेर टी–२० खेल्ने टोलीको घोषणा गरेको थियो । नेपाल रोहित पौडेलको कप्तानीमा हङकङ भ्रमणमा छ । प्रशिक्षक मोन्टि देशाइले दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, अनिल शाह र ललित नारायण राजवंशीलाई विश्राम दिएका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया