१६ वर्षमुनिको महिला साफ च्याम्पियनसिपको उपाधिका लागि भारत र बंगलादेश खेल्दै

 फागुन २७, २०८० आइतबार १३:०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १६ वर्षमुनिको महिला साफ च्याम्पियनसिपको उपाधिका लागि आज भारत र बंगलादेश खेल्दैछन् । खेल सातदोबाटोमा रहेको एन्फा मुख्यालयको परिसरमा दिउँसो ३ बजेदेखि शुुरु हुनेछ ।

बंगलादेश समूह चरणका तीन वटै खेल जितेर ९ अङ्कसहित फाइनलमा पुगेको हो । भारत तीन खेलमा दुई जितसहित ६ अङ्कका साथ उपाधि नजिकै पुगेको हो । फाइनलमा पुग्न जित्नैपर्ने खेलमा भारतले नेपाललाई १० गोलले हराएको थियो । प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेश सहभागी भएका हुन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया