भारतलाई हराउँदै बङ्गलादेशले जित्याे १६ वर्षमुनिको साफ महिला च्याम्पियनशिपकाे उपाधि

 फागुन २७, २०८० आइतबार १७:३५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतलाई हराउँदै बङ्गलादेशले १६ वर्षमुनिको महिला साफ च्याम्पियनशिपको उपाधि जितेकाे छ ।

सातदोबाटोमा रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको परिसरमा आज भएकाे फाइनल खेलमा बङ्गलादेशले भारतलाई पेनाल्टी शुटआउटमा ३–२ गाेलले हरायाे । निर्धारित ९० मिनेटमा दुवै टाेलीले १–१ गाेल गरेपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे थियाे । खेलकाे ४ मिनेटमा अनुष्का कुमारीले गाेल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । तर खेलकाे ७० मिनेटमा बङ्गलादेशले उपहार गाेल पाएपछि खेल १–१ काे बराबरीमा पुगेकाे हाे ।

बङ्गलादेश समूह चरणका ३ वटै खेल जितेर ९ अङ्कसहित फाइनलमा पुगेको थियाे । भारत उति नै खेलमा ६ अङ्कका साथ फाइनलमा पुगेकाे थियाे । प्रतियोगितामा नेपाल, भारत, भुटान र बङ्गलादेश सहभागी थिए ।

यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा भएको हो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया