इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यान्चेष्टर सिटीको बराबरी

 फागुन २८, २०८० सोमबार ६:३५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यान्चेष्टर सिटीले बराबरी खेलेका छन्।लिभरपुलको घरेलु मैदान एनफिल्ड स्टेडियममा गएराति भएको खेलमा लिभरपुल र म्यान्चेष्टर सिटीले एक एक गोलको बराबरी खेलेका हुन् ।

खेलको २३ औँ मिनेटमा गोल गरेर जोन स्टोन्सले म्यान्चेष्टर सिटीलाई अग्रता दिलाएका थिए । लिभरपुलले पेनाल्टीको मौका पाएपछि एलेक्सिस म्याक यलिष्टरले खेलको ५० औँ मिनेटमा गोल गरेपछि खेल बराबरीमा आएको हो ।

प्रिमियर लिगमा लिभरपुल २८ खेलमा ६४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । २८ खेलमा ६४ अङ्क रहेको आर्सनल गोलअन्तरको आधारमा तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेल खेलेको म्यान्चेस्टर सिटी ६३ अङ्कका साथ तेस्राे स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया