झापा गोल्डकपको उपाधिका लागि एपीएफ र चर्च ब्वाइज खेल्दै

 फागुन २८, २०८० सोमबार १२:२३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – छैटौँ झापा गोल्डकपको उपाधिका लागि आज चर्च ब्वाइज क्लब काठमाण्डौ र विभागीय टोली एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ३ बजे डोमालाल रंगशालामा हुनेछ।

अस्ति शनिवार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजले आयोजक झापा–११ लाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो ।  

पहिलो सेमिफाइनलमा एपीएफले विभागीय क्लव त्रिभुवन आर्मी क्लबलाई १—० गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो । प्रतियोगिताको विजेता टोलीले १३ लाख र उपविजेताले सात लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया