ओपेनहाइमर चलचित्रले जित्यो सात वटा विधामा ओस्कार

 फागुन २८, २०८० सोमबार १३:४९:६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – ओस्कार अवार्ड २०२४ मा ओपेनहाइमर नामक चलचित्रले सात वटा विधामा ओस्कार अवार्ड जितेको छ । ओपेनहाइमरलाई उत्कृष्ट चलचित्र, सर्वश्रेष्ठ निर्देशक (क्रिस्टोफर नोलन), सर्वश्रेष्ठ अभिनेता (सिलियन मर्फी), सर्वश्रेष्ठ सहायक अभिनेता (रोबर्ट डाउनी जुनियर), सर्वश्रेष्ठ छायाङ्कन (होयटे भान होयटेमा), सर्वश्रेष्ठ चलचित्र सम्पादन (जेनिफर लेम), सर्वश्रेष्ठ मौलिक संगीत (लुड्भिक गुरान्सन)लाई अवार्ड प्राप्त भएको  हो । 

यसअघि क्रिस्टोफर नोलनले  निर्देशन गरेको यो चलचित्रले यस वर्षको ओस्कार अवार्डमा कुल १३ विधामा मनोनयन प्राप्त गरेको थियो । तर, अन्य ६ विधामा अन्य चलचित्रले जित हासिल गरेका छन् । अवार्ड लिँदै नोलनले आफ्नी पत्नी र यस फिल्मको सह–निर्माता एम्मा थोमसलाई सहयोग र सहकार्यका लागि धन्यवाद दिएका छन् । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया