एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन

 फागुन २८, २०८० सोमबार १२:४६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको आज उद्घाटन भएको छ । उद्घाटनका अवसरमा एक्स्ट्राटेक लिजेन्ड कप टी–१० मैत्रीपूर्ण क्रिकेट हुँदैछ । गएको जेठ ३० गते शिलान्यास भएको क्रिकेट मैदान ९ महिनामै निर्माण सम्पन्न भएको हो ।

गुल्मी घर भइ अष्ट्रेलियामा बस्दै आएका विनोद कुँवर र उहाँकी श्रीमती सुदीक्षा गौतमले मैदान निर्माणमा अहिलेसम्म १० कराेड रुपैयाँ खर्च गरेका छन्

उद्घाटनमा हुने मैत्रीपूर्ण प्रतियोगितामा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको १९९६ को टोली, रुपन्देही लेजेन्ड्स, सन् २०१४ को टी–२० विश्वकप खेलेको टोली र रेस्ट अफ नेपाल गरेर ४ टोली सहभागी हुँदैछन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया