न्युजिल्यान्डसँगकाे २ खेलकाे टेस्ट शृङ्खलामा अस्ट्रेलियाकाे 'क्लिन स्वीप'

 फागुन २८, २०८० सोमबार १४:३४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – न्युजिल्यान्डसँगको दुई खेलको टेस्ट क्रिकेट शृङ्खला अस्ट्रेलियाले 'क्लिन स्वीप' गरेको छ ।

न्युजिल्यान्डले दिएको दुई सय ७९ रनको लक्ष्य अस्ट्रेलियाले चौथो दिनको खाना समयपछि सात विकेट गुमाएर भेटायो । अस्ट्रेलियाका एलेक्स केरीले नट आउट ९८, मिचेल मार्शले ८० रन बनाए । न्युजिल्यान्डका बेन सेर्सले ४ विकेट लिए ।

दोस्रो पारीमा न्युजिल्यान्डले रचिन रविन्द्र, टम लाथम र ड्यारेल मिचेलको अर्धशतकको मद्दतमा ३ सय ७२ रन बनाएको थियो । दोस्रो पारीमा अस्ट्रेलियाका प्याट कमिन्सले ४, नायन लियनले ३ विकेट लिए ।

यसअघि घरेलु मैदान क्रिस्टचर्चमा टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्ड पहिलो पारीमा १ सय ६२ रनमै अल आउट भएको थियो । न्युजिल्यान्डका टम लाथमले सबैभन्दा धेरै ३८ रन बनाए । अस्ट्रेलियाका जोश हेजलवूडले ५ विकेट लिए । पहिलो पारीमा अस्ट्रेलियाले मार्नुस लाबुशेनको ९० रनको मद्दतमा २ सय ५६ रन बनाएको थियो । न्युजिल्यान्डका म्याट हेनरीले ७ विकेट लिए ।

पहिलो टेस्ट अस्ट्रेलियाले १ सय ७२ रनले जितेको थियो । यसअघि भएकाे तीन खेलकाे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला पनि अस्ट्रेलियाले 'क्लिन स्वीप' गरेकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया