गृहमन्त्री लामिछानेले राजीनामा दिनैपर्ने कांग्रेसकाे अडान, छानबिन समिति बनाउनुपर्ने माग

 चैत ६, २०८० मंगलबार १४:५६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको थियो । प्रतिनिधि सभाको आजको बैठकको शुरुमै कांग्रेसका सांसदले उभिएर विरोध जनाएपछि सभामुखले कांग्रेसका सांसद दीपक गिरीलाई बोल्न समय दिनुभएको थियो ।

आफ्ना भनाइ राख्दै गिरीले गृहमन्त्री लामिछानेको राजीनामा माग्नुभएको हो । पोखराको सूर्यदर्शन सहकारीबाट ठगिएकाहरूले अहिलेका गृहमन्त्री लामिछानेविरुद्ध पनि पोखरामा उजुरी दिएको तर उहाँमाथि अनुसन्धान हुनुको साटो मन्त्री पदमा पुगेको भन्दै नेपाली कांग्रेसले विरोध गरेको छ । निष्पक्ष छानबिन प्रक्रियाबाट भाग्नकै लागि लामिछाने गृहमन्त्री बनेको कांग्रेसका सांसद दीपक गिरीले आरोप लगाउनुभयो ।

यस्तै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्नुभएको छ । उहाँले प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्नु आवश्यक नरहेको भन्ने जवाफले आफूहरूको चित्त नबुझेको बताउनुभयो । उहाँले गृहमन्त्रीमाथि छानबिन गर्न पर्याप्त प्रमाण भएको जिकिर गर्नुभयो ।

प्रमुख सचेतक लेखकले सरकारले कांग्रेसको मागलाई गम्भीरतापूर्वक नलिएमा सरकार आफैँले संसद् अवरोध गरेको मानिने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया