काठमाण्डाै उपत्यकामा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या

 चैत ६, २०८० मंगलबार १८:१२:२९ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा भएको एक अनुसन्धानमा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको पाइएको छ ।

कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले गरेको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको पाइएको हो । अस्पतालले आज पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. बुद्धिमान श्रेष्ठले बालबालिकाले राम्रोसँग दाँत नमाझ्ने, बजारमा पाइने तयारी खाना खाने गर्दा तथा चकलेट, बिस्कुटलगायत गुलियो खानेकुरा खाँदा दाँत किराले खाने समस्या देखिएको बताउनुभयो ।

६८ वटा विद्यालयमा गरेको अध्ययनमा २४ हजार एक सय ५४ जना विद्यार्थीको दाँतको अवस्था परीक्षण गरिएको श्रेष्ठले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया