गुल्मीको रिडी–तम्घास सडकखण्ड आजदेखि तीनहप्ता बन्द हुने

 चैत ७, २०८० बुधबार ९:४०:४ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा मदन भण्डारी राजमार्ग खडकखण्ड अन्तर्गत  रिडी–तम्घास सडकखण्ड आजदेखि तीन हप्तासम्म बन्द हुने भएको छ । आजदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म र राति पनि १० बजेदेखि ४ बजेसम्म सडक बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालयकी इन्जिनियर एवम् सूचना अधिकारी शर्मिला शर्माले जानकारी दिनुभयो ।

कार्यालयले सार्वजनिक सूचना निकालेर रिडी–तम्घास खण्डमा सडक विस्तारको काम भैरहेको र अबको तीन हप्ता वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको हो । सडक निर्माणको क्रममा पहरो फोर्ने, सडक चौडा पार्ने, ग्रेड मिलाउनेलगायतका काम हुने आयोजनाले जनाएको छ ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले अहिलेका लागि तीन हप्ता सडक बन्द गर्ने निर्णय गरेको थियो । मुख्य सडक बन्द हुँदा वैकल्पिक सडकका रुपमा गुल्मीको पानीट्याङ्की–थोर्गा–स्यालपोखरी–सालबिसौनीदेखि रातामाटा, पिपलनेटा दिगाम हुँदै रिडी र लुम्छा–धरमपानी–दिगाम हुँदै रिडी तथा घुम्तीदेखि–चारापाला–खज्र्याङ्ग हुँदै रिडी सडक प्रयोग गर्न सकिन्छ ।

रिडी–तम्घास सडक खण्डको २५ किलोमिटर क्षेत्रमा सडक निर्माणको काम भैरहेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया