रुसी सेनामा भर्ना भएका धेरै नेपाली युवा फर्किन मानेनन् : राजदूत नोभिकोभ

 चैत ७, २०८० बुधबार १८:२३:० | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – नेपालका लागि रुसका राजदूत अलेक्सेई नोभिकोभले नेपाली युवा स्वेच्छाले रुसी सेनामा भर्ना भएको र धेरैले फर्किन नमानेको बताउनुभएको छ ।

आज अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा राजदूत नोभिकोभले रुसी सेनामा रहेका धेरै नेपाली फर्किने मनस्थितिमा नरहेको बताउनुभएको हो । द्विपक्षीय सम्झौताविनै रुसी सेनामा नेपाली युवा भर्ती भएको विषयमा अर्थमन्त्री पुनले राख्नुभएको चासोमा राजदूत नोभिकोभले नेपालीलाई बोलाएर सेनामा भर्ती नगरेको तर्क गर्नुभयो ।

रुसले फिर्ता पठाउन चाहे पनि सबै नेपाली स्वदेश फर्कन इच्छुक नभएको खबर आफूले पाएको उहाँको दाबी छ । राजदूत नोभिकोभले युक्रेनी सेनाले बन्धक बनाएका नेपालीलाई युद्धबन्दी साटासाट गरेर मुक्त गराउने तयारी भइरहेको जानकारी गराउनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया