फिफा विश्वकप २०२६ र एसियन कप छनौट : नेपालले आज  बहराइनसँग खेल्दै

 चैत ८, २०८० बिहिबार ६:५९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालले फिफा विश्वकप २०२६ र एसियन कप छनौट अन्तर्गत दोस्रो चरणको खेलमा आज  बहराइनसँग खेल्दैछ । यसअघि नेपालले बहराइनसँगको 'होम' खेल आज त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेल्ने तय थियो । तर एसियाली फुटबल महासङ्घ (एएफसी) का प्रतिनिधिले दशरथ रङ्गशालाको निरीक्षण गरी यहाँ विश्वकप छनौटका खेल खेल्न नमिल्ने बताएपछि नेपालले 'होम एण्ड अवे' दुवै खेल  बहराइनमा खेल्ने भएको हो ।

सहराइनसँगको अर्को खेल नेपालले यही चैत १३ गते खेल्ने छ । छनौट अन्तर्गत समूह ‘एच’मा रहेको नेपालले पहिलो चरणको दुवै खेलमा हार व्यहोरेको थियो । नेपालको समूहमा यूएई, बहराइन र यमन छन् । पहिलो चरणको दुवै खेल जितेको यूएई समूहको शीर्ष स्थानमा रहँदा बहराइन र यमनको दुई खेलमा समान २ अङ्क रहेको छ ।

यसअघि नेपाल मलेसियासँगको अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलमा ५–१ गोलले पराजित भएको थियो । नेपाली फुटबल टोली फिफा विश्वकप छनोट खेलका लागि मलेसियाबाट बहराइन गएको हो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया