भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि भुटानमा

 चैत ९, २०८० शुक्रबार १५:२०:४५ | एजेन्सी
unn.prixa.net

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि भुटान पुग्नुभएको छ । उहाँलाई भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक र समकक्षी छिरिङ तोब्गेसँग भेटवार्ता गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

दुई पक्षबीच आपसी हितका क्षेत्रहरूमा केही समझदारी पत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ । भुटानको भ्रमणमा जानुअघि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा भारत–भुटान साझेदारीलाई अझ सुदृढ पार्ने उद्देश्यले आफू विभिन्न कार्यक्रममा सहभागी हुने उल्लेख गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया