मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न नयाँ आयोग गठन

 चैत ९, २०८० शुक्रबार १८:३१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न नयाँ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मिटरब्याज अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो ।

आयोगको सदस्यमा पुष्कर कार्की र सञ्जीव मिश्र रहेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । यसअघि सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो ।

गएको फागुन २८ गते सरकार र मिटरब्याज पीडितबिच चार बुँदे सहमति भएको थियो । सहमतिमा तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी जाँचबुझ आयोग गठन गर्ने उल्लेख थियो । सहमतिसँगै माघ १६ गतेदेखिको काठमाण्डौ केन्द्रित आन्दोलन स्थगित भएको थियो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया