आईपीएल क्रिकेटमा कोलकाता र पञ्जावको विजयी  शुरुवात

 चैत ११, २०८० आइतबार ६:५५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइर्डस र पञ्जाव किङ्गसले विजयी शुरुवात गरेका छन् । हिजो भएको दोस्रो खेलमा कोलकाताले सनराइर्जस हैदराबादलाई चार रनले हरायो । कोलकाताले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २ सय ४ रन मात्र बनाउन सक्यो । हैदराबादका हेरिक क्लासनले सर्वाधिक ६३ रन बनाएपनि टोलीको हार टार्न सकेनन् ।

त्यस्तै ओपनरद्वय मायांक अग्रवाल र अभिशेक शर्माले समान ३२ रन जोडे । कोलकाताका हर्षित रानाले सर्वाधिक तीन, आन्द्रे रशेलले दुई तथा वरुण चक्रवर्ती र सुनिल नारायणले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो ।

कोलकाताका आन्द्रे रसेलले अविजित ६४ रन बनाए । ओपनर फिलिप साल्टले ५४ रन जोडे । हैदराबादका टी नटराजनले ३ तथा मंयक मारकण्डेले २ विकेट लिए । हिजो भएको पहिलो खेलमा पन्जावले दिल्ली क्यापिटल्सलाई ४ विकेटले हरायो ।

दिल्लीले दिएको १ सय ७५ रनको लक्ष्य पञ्जावले १९ ओभर २ बलमा ६ विकेट गुमाएर भेट्टायो । टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो ।

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

नेपाली समय अनुसार दिउँसो पौने ४ बजे राजस्थान रोयल्र्स र लखनउ सुपर जायन्स् तथा राती पौने ८ बजे गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीच खेल हुनेछ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया