आईपीएल क्रिकेटमा आज राजस्थान र लखनउ तथा गुजरात र मुम्बई खेल्दै

 चैत ११, २०८० आइतबार ८:५८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ  – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । नेपाली समय अनुसार दिउँसो पौने ४ बजे राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टस् तथा राति पौने ८ बजे गुजरात टाइटन्स र मुम्बई इण्डियन्स खेल्दैछन् ।

राजस्थानको कप्तानी सन्जु सामसन र लखनउको केएल राहुलले गर्नेछन् । राजस्थान आईपीएल पहिलो सिजन (२००८) को विजेता टोली हो ।

त्यस्तै गुजरातको शुभमन गिल र मुम्बईको कप्तान हार्दिक पाण्डेय रहेका छन् । मुम्बई ५ पटकको च्याम्पियन टोली हो । गुजरात पछिल्ला दुई सिजन फाइनलमा पुगेको थियो । सन् २०२२ मा पहिलो पटक सहभागी गुजरातले राजस्थानलाई हराएर उपाधि जितेको थियो ।

हिजो भएका खेलमा कोलकाता नाइट राइर्डस र पञ्जाव किङ्गसले विजयी शुरुवात गरेका छन् । कोलकाताले सनराइर्जस हैदराबादलाई चार रनले तथा पन्जावले दिल्ली क्यापिटल्सलाई ४ विकेटले हरायो ।

आईपीएल क्रिकेट अस्तिदेखि शुरु भएको हो । उद्घाटन खेलमा चेन्नईले बेंगलुरुलाई ६ विकेटले हराउँदै विजयी शुरुवात गरेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया