इलाम - २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

 चैत ११, २०८० आइतबार १५:१३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – इलामको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा हुने उपचुनावमा नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । सुहाङ दिवङ्गत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा हुनुहुन्छ ।

एमालेका तत्कालीन उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गएको भदौ २६ गते निधन भएपछि इलाम–२ को सांसद पद रिक्त थियो । एमालेले उम्मेदवार बनाएका सुहाङ पेशाले अधिवक्ता हुनुहुन्छ ।

यस्तै, एमालेले बझाङ–१ को प्रदेशसभा (क) मा हुने उपचुनावमा दमन भण्डारीलाई उम्मेदवार बनाउने भएको छ ।

आज बसेको पार्टी सचिवालय बैठकले बझाङ–१ को प्रदेशसभा (क) बाट भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । त्यस क्षेत्रमा विजयी नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गएको वर्ष गाडी दुर्घटनामा परेर निधन भएको हो ।

आउँदो वैशाख १५ गते इलाम प्रतिनिधि सभा क्षेत्र नंबर २ र बझाङ–१ को प्रदेशसभा (क) मा हुने उपचुनावको लागि यही चैत २४ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

उम्मेदवारको विरोधमा चैत २५ गते उजुरी दिन सकिने छ । २५ गते नै दिउँसो ३ बजेदेखि चैत २६ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवम् निर्णय हुने आयोगले जनाएको छ । चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने कार्यक्रम छ । वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान केन्द्रमा मतदान हुनेछ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया