नेपालगञ्जको वाटरपार्कमा एक करोड रुपैयाँ खर्चेर सेवा विस्तार

 चैत ११, २०८० आइतबार १५:४२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले नेपालगञ्जको वाटरपार्कमा सेवा विस्तार गरेको छ । एक करोड आठ लाख रुपैयाँ लागतमा तयार गरेर परीक्षणकालीन व्यावसायिक सेवा शुरु गरेको कम्पनीले आउँदो वैशाखमा भब्य उद्घाटन गर्ने तयारी गरेको सञ्चालक बिष्णु ढकालले बताउनुभयो । खासै प्रयोगमा अनाएको नेपालगञ्जको वाटर पार्क पोखरीलाई मोटरबोट चलाउन योग्य बनाउन झण्डै दुई महिना समय लागेको ढकालले जानकारी दिनुभयो ।

वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरिङ गरेर प्रयोग गरेको छ । कम्पनीले वाटरपार्कमा मोटरबोट सञ्चालन गरे वापत नेपालगञ्ज उप–महानगरपालिकालाई वार्षीक २५ लाख रुपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिनुभयो । १२ सय बर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै चार किलोमिटर दुरी सयर गर्न सक्नेछन् ।

यसअघि चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको ढकालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया