बाग्मती, कोशी र मधेश प्रदेशका धेरै ठाउँमा गएराति वर्षा

 चैत १३, २०८० मंगलबार ६:२२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – बाग्मती, कोशी र मधेश प्रदेशका धेरै ठाउँमा गएराति वर्षा भएको छ । मधेशको सिरहा र सुनसरी जिल्लामा सबैभन्दा धेरै ५० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको मौसमविद्ले बताएका छन् । मधेस र कोशी प्रदेशका केही ठाउँमा अहिले पनि पानी परिरहेको मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो ।

लुम्बिनी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । देशका पूर्वी र मध्य भेगमा आज पनि हल्का पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय प्रणाली सक्रिय हुँदा बदली र वर्षा भइरहेको हो । हिजोकोभन्दा आज मौसम सुधार हुने महाशाखाको भनाई छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया