आईपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलूरु विजयी

 चैत १३, २०८० मंगलबार ६:४३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - इडियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलूरुले पञ्जाब किंग्सलाई हराएको छ । बेंगलुरुको यो पहिलो जित हो । उद्घाटन खेलमा बेंगलुरु चेन्नईसँग पराजित भएको थियो । घरेलु मैदानमा हिजो भएको खेलमा बेंगलूरुले पञ्जाब किंग्सलाई ६ विकेटले हरायो ।

पञ्जाबले दिएको १ सय ७७ रनको लक्ष्य बेंगलूरुले ४ बल बाँकी रहँदा ६ विकेट गुमाएर भेट्टायो । आरसिबिका लागि विराट कोहलीले ५९ बलमा ११ चौका र २ छक्का सहित सर्वाधिक ७७ रन बनाए । यस्तै दिनेश कार्तिकले १० बलमा ३ चौका र २ छक्कासहित २८ रनको अविजित इनिङ खेले । हर्शल पटेलले २ चौका र २  छक्का हाने । पञ्जाबका लागि कागिसो रबाडा र हरपृत ब्रारले समान २–२ विकेट लिए ।

यस्तै स्याम करन र हरशल पटेलले १–१ विकेट लिए । त्यसअघि  टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । पञ्जाबका लागि कप्तान शिखर धवनले ३७ बलमा सर्वाधिक ४५ रन बनाए ।

यस्तै जितेश शर्माले २७, प्रभसिम्रन सिंहले २५ तथा श्याम करनले २३ रन बनाए । शशाङ्क सिंहले २१ रन जोडे । बेंगलूरुका लागि मोहम्मद सिरज र ग्लेन म्याक्सवेलले समान २–२ विकेट लिए । यस्तै यश दयाल र अलजारी जोसेफले १–१ विकेट लिए ।

आईपिएलमा आज चेन्नई सुपरकिंङस र गुजरात टाइटन्स खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे हुने छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया