मिथिलाञ्चल क्षेत्रमा आज होली पर्व मनाईंदै

 चैत १३, २०८० मंगलबार ७:२२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मिथिलाञ्चल क्षेत्रमा आज होली पर्व अर्थात् होरी मनाईंदैछ । मिथिला मध्यमा परिक्रमा समापन भएको भोलिपल्ट मिथिलाञ्चल क्षेत्रमा रंगहरुको पर्व होली मनाउने परम्परा छ । हिजो परिक्रमा सम्पन्न भएपछि आज धनुषा, सप्तरी, सिरहासहित मिथिलाञ्चलमा एकअर्कालाई रंग दलेर हर्षोल्लासपूर्वक होली मनाउन लागिएको हो ।

मधेशमा चन्द्रमास गणनाको फागुपूर्णिमाको समाप्ति र चैत कृष्ण प्रतिपदा शुरु भएसँगै होली पर्व मनाउने परम्परा छ । यसअघि फागुन पूर्णिमाको दिन अस्ति काठमाण्डौउपत्यकासहित हिमाली र पहाडी जिल्लामा तथा हिजो तराई–मधेशका जिल्लामा होली अर्थात् फागु पर्व धुमधामकासाथ मनाइएको थियो ।

होली पर्व प्रेम, सद्भाव र आपसी एकताको प्रतीक मानिन्छ । मधेशमा पछिल्लो समय तीन दिन होली मनाउन थालिएको छ । मिथिलाको मध्यमा परिक्रमा अन्तर्गत धुरा उडाएको भोलिपल्ट फागु खेल्ने चलन छ । यसअनुसार मिथिलामा दुई दिन नै होली खेलिने साहित्यकार डा. राजेन्द्रप्रसाद विमलले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया