परराष्ट्रमन्त्री बेइजिङमा, आज समकक्षी वाङसँग द्विपक्षीय छलफल

 चैत १३, २०८० मंगलबार ७:४०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको बेइजिङमा भेटवार्तामा व्यस्त हुनुहुन्छ । बेइजिङ पुगेलगत्तै उहाँले हिजो चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य वाङ हुनिङ, अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयानलगायतसँग भेटवार्ता गर्नुभयो ।

भेटमा नेसनल कमिटी अफ द चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सिपिपिसिसी)का अध्यक्ष हुनिङले दुई देशले बिआरआई कार्यान्वयन योजनामा चाँडै हस्ताक्षर गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उपप्रधानमन्त्री श्रेष्ठले आज समकक्षी वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

चिनियाँ विदेशमन्त्री यीले रात्रिभोजसहित श्रेष्ठलाई स्वागत गर्नुहुनेछ । उपप्रधानमन्त्री श्रेष्ठ आज बिहान हुवावे रिसर्च एन्ड डेभलपमेन्ट एक्जुकेटिभ्स एक्जिबिसन सेन्टरको भ्रमणमा सहभागी हुने र त्यहाँबाट नेपाली राजदूतावास पुगेर लगानीसम्बन्धी सेमिनारलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उहाँ नौ दिन लामो औपचारिक भ्रमणमा  आइतवार चीन प्रस्थान गर्नुभएको हो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया