लोडसेडिङ हुन लागेको हल्ला निराधार : उर्जामन्त्री बस्नेत

 चैत १४, २०८० बुधबार १८:८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गर्नुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै ऊर्जा मन्त्री बस्नेतले सञ्चारमाध्यममा आएका समाचारजस्तो समस्या नभएको दाबी गर्नुभएको हो । उहाँले भारतसँगको विद्युत खरिद सम्झौतामा हरेक वर्ष प्रतिष्पर्धी बजारबाट बिजुली ल्याउन नवीकरण गर्नुपर्ने भएकाले सरकार त्यो प्रक्रियामा रहेको बताउनुभयो ।

आयात अनुमति नवीकरण हुने भन्दै उहाँले लोडसेडिङ नहुने जिकिर गर्नुभयो । बाहिर आए जस्तो भारतले विद्युत् आयात गर्ने अनुमति नवीकरण नगर्ने भन्ने अवस्था नभएको उर्जामन्त्री बस्नेतले बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरणले आन्तरिक माग पूरा गर्न करिब छ सय मेगावाटभन्दा बढी आयात गर्दै आएको छ । तर पनि नेपालका औद्योगिक क्षेत्रहरुमा विद्युत कटौती गर्दै प्राधिकरणले लोडसेडिङ गरिरहेको व्यवसायीले बताइरहेका छन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया