विदेशमा रहेका नेपालीकाे गुनासाे र समस्या सम्बोधन गर्न नयाँ व्यवस्था

 चैत २२, २०८० बिहिबार १५:२६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले विदेशमा रहेका नेपाली नागरिकको गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत दर्ता गराउन सक्ने गरी नयाँ मोड्युल (अनलाइन प्रणाली) को शुभारम्भ गरेको छ ।

उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आज नयाँ मोड्युलको शुभारम्भ गर्नुभयो । परराष्ट्रमन्त्री श्रेष्ठले कन्सुलर सेवा अनलाइनबाटै लिनसक्ने भए पनि प्रचारप्रसार गर्न नसक्दा सेवाग्राही विभागमा धाइरहने समस्या रहेको बताउनुभयो । उहाँले अबको एक हप्ताभित्रै मन्त्रालयले विदेशमा रहेका नेपाली श्रमिक घाइते भएको वा ज्यान गुमाएको अवस्थामा उनीहरूको क्षतिपूर्तिसहितको माग दाबीका लागि बसेको ठाउँबाटै निवेदन दिन सक्ने गरी व्यवस्था गर्न लागेको जानकारी पनि दिनुभयो ।

आज शुभारम्भ भएको मोड्युलको सहयोगले संसारको जुनसुकै ठाउँमा समस्यामा परेका नेपाली नागरिकले आफ्नो राहदानी नम्बर र जन्ममिति प्रयोग गरी आफ्नो नजिकको नेपाली राजदूतावास वा नियोगको वेबसाइटमार्फत आफ्ना समस्याका बारेमा जानकारी गराउन सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया