अनलाइन पुनः श्रम स्वीकृति – पासवर्ड ‘रिसेट’ गर्नुपरेमा वैदेशिक रोजगार कार्यालय तथा कुटनीतिक नियोगमा सम्पर्क गर्न विभागको आग्रह

 पुस २४, २०७७ शुक्रबार १२:२३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यदि तपाईं अनलाइनबाट पुनः श्रम स्वीकृति लिन लाग्नुभएको छ र पासवर्ड वा इमेल बिर्सिनुभएको छ भने नआत्तिनुहोस् ।

अनलाइन पुनः श्रम स्वीकृतिको लागि सेवाग्राही आफैले आवेदन गरी श्रम स्वीकृति लिन सक्ने व्यवस्था भएकाले पहिले फारम भर्दाको एफईआईएमएस युजर अकाउन्टबाटै आवेदन दिनुपर्ने हुन्छ । तपाईंले एफईआईएमएस युजर अकाउन्टको पासवर्ड बिर्सिनुभएको छ भने फोर्गेट पासवर्डमार्फत पासवर्ड प्राप्त गर्न सकिने वैदेशिक रोजगार विभागले जनाएको छ ।

तर यदि एफईआईएमएस युजर अकाउन्टको इमेल ठेगाना वा मोबाइल नम्बर गलत प्रविष्ट गरिएकाले पासवर्ड रिकभर हुन नसकेमा भने पासवर्ड रिसेट गर्नुपर्ने विभागले जनाएको छ । त्यसको लागि काठमाण्डौमा रहेको वैदेशिक रोजगार कार्यालय, प्रदेशमा रहेका श्रम कार्यालय, गन्तव्य देशमा रहेका नेपाली कुटनीतिक नियोगबाट निवेदनको ढाँचा प्राप्त गरी रिसेट गर्न सकिने विभागले जनाएको छ ।

निवेदनको ढाँचा वैदेशिक रोजगार विभागबाटै पनि प्राप्त गर्न सकिन्छ ।

निवेदनको ढाँचा प्राप्त गर्न यहाँ क्लिक गर्नुहोस् ।
 

तपाईको प्रतिक्रिया