कतारले अवैधानिक आप्रवासी श्रमिकलाई आममाफी दिँदै

 असोज २२, २०७८ शुक्रबार १५:५४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालीहरुको प्रमुख रोजगार गन्तव्य देश कतारले त्यहाँ अवैधानिक रहेका आप्रवासीलाई आममाफी दिने भएको छ ।

आवास तथा कामदार भिसा उलंघन गरेका वा पारिवारिक भ्रमणका क्रममा भ्रमण नियम उलंघन गरेका विदेशी नागरिकहरुलाई आफ्नो कानुनी अवस्था सुधार्न आम माफी दिने भएको त्यहाँको आन्तरिक मन्त्रालयको भनाइलाई उद्धृत गर्दै गल्फ टाइमले लेखेको छ । आम माफीको लागि आउँदो अक्टोबर १० देखि डिसेम्बर ३१ सम्म अवधि तोकिएको छ ।

आप्रवासीको आवागमनलाई सञ्चालन गर्न बनेको कानुन २०१५ को धारा २१ को आधारमा आफ्नो कानुनी अवस्था सुधार्ने मौका दिएको जनाइएको छ ।

अवैधानिक भएका श्रमिक, रोजगारदाता तथा होस्टलाई अम शलाल, अम सुनेम, मेसामीर, अल वाक्रा र अल रयानमा गएर माथि उल्लेखित कानुनको प्रावधानअनुसार निवेदन दिन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया