मलेसियामा नेपाली दूतावासले सुरु गर्यो श्रमिकका लागि घुम्ती सेवा

 मंसिर १, २०७९ बिहिबार १०:२०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मलेसियामा रहेको नेपाली दूतावासले मलेसियाका विभिन्न सहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ ।

नेपाली श्रमिकहरु कार्यरत रहेको सहरमै दूतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदूत डिल्लीराज पौडेलले बताउनुभयो । क्वालालम्पुरबाट झण्डै चार घण्टा मोटर बाटोको दूरीमा रहेको जोहरवारुमा राजदूत पौडेलले हिजो अस्थायी घुम्ती सेवाको उद्घाटन गर्नुभयो ।

गैरआवासीय नेपाली सङ्घलगायत नेपाली सङ्घ संस्थाहरुसँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरिएको हो । एक हजारभन्दा धेरै नेपाली उपस्थित भएको कार्यक्रममा २ सय ८० जना श्रमिकले राहदानी सम्बन्धी सेवा लिएका थिए । घुम्ती सेवामा राहदानी सम्बन्धी सेवाका साथै दूतावासबाट प्रवाह गरिने विभिन्न सेवाहरु प्रदान गरिएको नेपाली दूतावासले जनाएको छ । 
 

तपाईको प्रतिक्रिया