बहराइनले ल्याएको ‘लेबर रजिस्ट्रेसन प्रोग्राम’मा समयमै सहभागी हुन दूतावासको आग्रह

 फागुन २, २०७९ मंगलबार १२:४८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बहराइन सरकारले ल्याएको लेबर रजिस्ट्रेसन कार्यक्रममा ४ सय ७४ जना नेपाली सहभागी हुन योग्य रहेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार बहराइनले त्यहाँको श्रम बजार व्यवस्थित गर्न फेल्क्सी परमिटलाई विस्थापित गर्ने गरी ल्याएको नयाँ कार्यक्रममा सहभागी हुन ४ सय ७४ जना योग्य रहेका छन् । उनीहरू मध्ये कतिपय कार्यक्रममा सहभागी हुन दर्ता भइसकेका छन् भने कतिपय बाँकी नै रहेका छन् ।

आउँदो मार्च ४ देखि यो कार्यक्रममा सहभागी हुने मिति सकिने भन्दै दूतावासले योग्यता पुगेका र कार्यक्रममा सहभागी हुन बाँकी रहेकाहरूलाई तोकिएको केन्द्रमा गई गर्दा हुन अनुरोध गरेको छ ।

बहराइनको लेबर मार्केट रेगुलटोरी अथुरिटीले गएको डिसेम्बर ४ देखि लेबर रजिस्ट्रेसन कार्यक्रम ल्याएको हो ।

यो कार्यक्रममार्फत फेल्क्सी परमिट लिएर बहराइनमा काम गरिरहेका र गैरकानुनी रूपमा काम गर्ने प्रवृत्तिमा एकरूपता ल्याउने बहराइनको उद्देश्य छ ।

तपाईको प्रतिक्रिया