साउदी जेलमा भएका कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

 फागुन ९, २०७९ मंगलबार १३:४२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई वर्षदेखि साउदी अरेबियाको जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्कीका बुबा गणेशबहादुर कार्कीसहितको टोलीलाई आज मङ्गलवार बिहान बालुवाटारमा भेट्दै उहाँले यस्ताे प्रतिबद्धता गर्नुभएको हो ।   

प्रधानमन्त्री प्रचण्डले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्काल पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराउनुभएको छ । ‘वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ । विदेशमा रहेका नेपालीहरूले राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा धानेका छन्, उनीहरूको हक हित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी हो’, उहाँले भन्नुभयो, ‘वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आत्मस्वाभिमान र उनीहरूले आर्जन गरेको पुँजी, सीप र प्रविधिलाई नेपालको हित अनुकूल परिचालन गर्न सरकार प्रतिबद्ध छ ।’

धनकुटाको चौबिसे गाउँपालिका–४ घर भएका कार्की दुई वर्षअघि ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा साउदी जेलमा रहेका छन् ।

तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय

तपाईको प्रतिक्रिया