यूएईमा दूतावासबाटै राहदानी नवीकरण गर्नेको सङ्ख्या बढ्यो

 चैत २१, २०७९ मंगलबार १४:३८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – यूएईमा रहेको नेपाली दूतावासबाट राहदानी नवीकरण गर्ने नेपालीको सङ्ख्या अत्यधिक बढेको छ ।

पछिल्लो समय दूतावासबाट राहदानी नवीकरणका लागि आवेदन गर्ने नेपालीको सङ्ख्या अत्यधिक बढेको र कुनै दिन कम र कुनै दिन धरै सङ्ख्यामा लाइभ इनरोलमेन्टका लागि आउँदा विद्यमान जनशक्तिबाट काम गर्नै समस्या भएको दूतावासले जनाएको छ ।

राहदानी नवीकरणका लागि अनलाइन फारम भरिसकेपछि तोकिएको मिति र समयमा मात्र दूतावासमा लाइभ इनरोलमेन्टका लागि आउन दूतावासले अनुरोध गरेको छ । तोकिएकै मितिमा दूतावास नआउँदा कुनै दिन थोरै सङ्ख्यामा र कुनै दिन कम सङ्ख्यामा सेवाग्राही हुँदा प्रभावकारी कार्य सम्पादनमा कठिनाइ भएको दूतावासको भनाई छ ।

फारम भर्दा उपलब्ध मिति र समयमा दूतावासमा लाइभ इनरोलमेन्टका लागि उपस्थित हुँदा सहज रूपमा सेवा लिन सकिने पनि दूतावासले जनाएको छ । 

तपाईको प्रतिक्रिया