वैदेशिक राेजगारीमा ज्यान गुमाएकाकाे सूचना बेचेर ठगी गर्ने नासु पक्राउ

 चैत २४, २०७९ शुक्रबार १७:५४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – वैदेशिक रोजगारीमा ज्यान गुमाएकाको सूचना बेचेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले आज एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारी रहेका छन् ।

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाको सूचना बेच्ने गरेको खुलेपछि आज नासु अधिकारीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक डा मनोज केसीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वैदेशिक रोजगारीमा मृत्यु भएका मान्छेको नाममा रकम असुलेर ठगी गर्ने कार्यमा संलग्न गिरोहका छ जना पक्राउ गरी आज सार्वजनिक गरेपछि उनीहरूले दिएको बयानका आधारमा हामीले अधिकारीलाई पक्राउ गरेका हौँ ।’ अधिकारीसहित सबै अभियुक्तमाथि थप अनुसन्धान भइरहेको वरिष्ठ प्रहरी उपरीक्षक डा. केसीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया