दक्षिण कोरिया र अमेरिका पठाउँछु भन्दै करोडौँ रुपैयाँ ठगेर फरार भएका पवन राणा पक्राउ

 चैत ३०, २०७९ बिहिबार ११:४५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अमेरिका र दक्षिण कोरिया पठाउन सक्छु भन्दै सयौँ व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सयौँ व्यक्तिलाई विश्वास दिएर अमेरिका र दक्षिण कोरिया पठाउँछु भन्दै करोडौँ रुपैयाँ उठाएपछि सम्पर्कविहीन भएका काठमाण्डौका ४२ वर्षीय पवन राणालाई पक्राउ गरी वैदेशिक रोजगार विभागमा पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

ठुलो सङ्ख्यामा मानिसहरूलाई ठगेर फरार भएको भन्दै विभागले पक्राउ गरिदिन पत्राचार गरेपछि कार्यालयले पक्राउ गरी बुधवार विभागमा पठाएको हो ।

राणाले आफूलाई ठगेको भन्दै विभागमा उजुरी दिनेको सङ्ख्या सयभन्दा बढी छ । कोहीलाई अमेरिका त कोहीलाई दक्षिण कोरिया पठाउँछु भन्दै राणाले रकम असुलेका थिए ।

तपाईको प्रतिक्रिया