यूएईमा चालु आर्थिक वर्षको चैतसम्म ११७ नेपालीले ज्यान गुमाए

 बैशाख ६, २०८० बुधबार १५:१३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा यूएईमा एक सय १७ नेपालीको ज्यान गएको छ ।

यूएईमा रहेको नेपाली दूतावासले साउनदेखि यता चैत महिनासम्म एक सय १७ जना नेपालीको शव व्यवस्थापन गरेको जनाएको छ ।

दूतावासका अनुसार साउन महिनामा २४ वटा शव व्यवस्थापन गरेको छ भने भदौमा १६ जनाको, असोजमा १० जनाको, कार्त्तिकमा ११ जनाको, मङ्सिरमा १६ जनाको, पुसमा १० जनाको, माघमा ९ जनाको, फागुनमा ८ जनाको र चैत महिनामा १३ जनाको शव व्यवस्थापन गरिएको छ । 

अघिल्लो आर्थिक वर्ष   २०७८ २०८९ मा यूएईमा १७४ जनाको ज्यान गएको थियो । जसमध्ये दूतावासले एक सय ६७ शव स्वदेश फिर्ता पठाएको थियो भने ७ वटा उतै सतगत गरिएको थियो ।

यस्तै, यूएई पुगेका नेपालीहरूले विभिन्न माध्यममार्फत गुनासो राख्नेहरूको सङ्ख्या पनि बढेको छ । चालु आर्थिक वर्षको चैतसम्म चार हजार एक सय ८९ जनाले फोन, इमेल र दूतावासमै गएर विभिन्न गुनासो राखेको छन् ।

दूतावासमा अनुसार साउन महिनामा १४९ जनाले, भदौमा ५३२ जनाले, असोजमा ७१७, कार्त्तिकमा ४४९ जनाले, मङ्सिरमा ६९४ जनाले, पुसमा ३८९ जनाले, माघमा ३७१ जनाले, फागुनमा ३५५ जनाले र चैत महिनामा ५३३ जनाले दूतावासमा गुनासो राखेका हुन् ।

तपाईको प्रतिक्रिया